जनक दीपको ‘डियर जिन्दगी’ टेलिभिजन र यु ट्युव च्यानलमा एक साथ रिलिज हुने


जनक दीप पराजुलीको निर्देशन तथा उनकै कथामा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन बाट प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको छ। सोहि दिन बाट नै पिएनपी मिडिया यु ट्युब च्यानल मार्फत पनि यो सिरियल रिलिज हुनेछ। पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण तथा कि इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यो सिरियलको प्रमोशनल भिडियो (टाइटल गीत र ट्रेलर) काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको छ।

मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवाश पराजुली, अर्जुन गौतम, राम कृष्ण बिसी, डीबी बम्जन, एलिना खनाल, वसन्त पोखरेल, सुरेश काफ्ले लगाएतका कलाकारले अभिनय गरेका छन्। ‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत, जुनु गौतम र विल्सन श्रेष्ठको गायन र डिजे एलेक्सको संगीत सुन्न सकिन्छ। यस अघि निर्देशक जनकले थुप्रै म्युजिक भिडियोहरु, टेलि सिरियल, बिज्ञापनहरु र चलचित्र ‘प्रोड्युसर’ निर्देशन गरिसकेका छन्।

‘डियर जिन्दगी’ को ट्रेलर हेर्नुहोस्

च्यानल प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी, कार्यकारी प्रोडुसर युबराज खत्री र को-प्रोडुसर रघुनाथ सापकोटा रहेका छन्। वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा ध्रुबराज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन्।

‘डियर जिन्दगी’ को टाइटल गीत हेर्नुहोस्

SUBSCRIBE 👉