८ मिनेट लामो दृश्य खिच्न चिरञ्जिवीले खर्च गरे ५४ करोड, ट्रेलर हेर्नुहोस्


दक्षिण भारतीय फिल्मका चिरन्जीवीलाई जबरदस्त एक्सनका लागि पुरै भारतमा चिनिन्छ। चाँडै नै उनी फिल्म ‘सये रा नरसिम्हा रेड्डी’मा देखिँदैछन्। यो फिल्म सुटिङको समयदेखि नै बजेटको विषयलाई लिएर निकै चर्चामा छ। समाचार अनुसार यो एक पिरियड ड्रामा फिल्मको एक युद्ध दृश्य खिच्नकै लागि निर्माताले ५४ करोड रुपैंयाँ खर्च गरेका छन्। फिल्ममा भने यो युद्धको दृश्य ८ मिनेटको मात्र छ।

यो फिल्मलाई चिरन्जीवीका छोरा रामचरण तेजा निर्माण गरिरहेका छन्। फिल्ममा सुरेन्द्र रेड्डीको निर्देशन छ। फिल्मको बजेट २ सय करोड रुपैंयाँ राखिएको छ। फिल्मको पुरा समूह यो बेला जर्जियामा युद्ध दृश्यको छायांकन गरिरहेको छ। यो दृश्य फिल्मको क्लाइमेक्समा देखाइनेछ। फिल्म सुटिङकै लागि हैदराबादबाट झण्डै १ सय ५० जनाको समूह जर्जिया गएको छ। यो फिल्मका लागि ६ सय स्थानीय कलाकारहरु पनि भाडामा लिइएको बताईएको छ।

SUBSCRIBE 👉