प्रसादको ‘बनकि चरी’ – निश्चल, अन्जली र विपिनको दोहरी


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण युनिटले ‘प्रसाद’ को दोस्रो गीत ‘वनकी चरी’ सार्वजनिक गरेको छ। दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय छ।

गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने सुवास भुसालको शब्दमा वि.पाण्डेको संगीत रहेको छ। गीतमा विपिन गायकको भूमिकामा देखिएका छन् भने निश्चल बस्नेतले एक युवतीसँग नृत्य गरेका छन्।

सुवास थापा इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्म २१ मंसिरबाट प्रदर्शनमा आउनेछ। पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा निःसन्तानका कारण पति र पत्नी बीचको सम्बन्धमा आउने उतार चढाव समेटिएको छ। चलचित्रमा सुवास र कोशिस क्षेत्रीको पनि संगीत छ, भने द्धन्द निर्देशन हिमाल केसीको छ।

SUBSCRIBE 👉