‘कपिल शर्मा शो’बाट प्रभावित नै हो ‘मुन्द्रेको कमेडी क्लब’ ?


हाँस्य कलाकार जितु नेपाल, टेलिभिजन दुनियाँमा फर्किएका छन्। जितुको निर्देशन रहेको ‘जीरे खुर्सानी’ सिरियल अहिले बन्द छ। अब, उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी शो मार्फत र्फकन लागेका छन्। हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेकि इन्टरटेन्मेन्टले यो शोको निर्माण गरेको हो।

कार्यक्रमको औपचारिक घोषणामा मुन्द्रेको कमेडी क्लबमा समावेश कार्यक्रमहरुका केही झलक देखाइएको थियो। उपस्थित पत्रकारहरुले भारतीय चर्चित हास्यव्यङ्ग्य शो कपिल शर्मा शोको फम्र्याटमा कार्यक्रम तयार भएको हो भन्ने खालका जिज्ञासा राखेका थिए। यस बारेमा बोल्दै मुन्द्रे उर्फ जितु नेपाल भन्छन् ‘कपिल शर्माले पहिले शुरुवात गरेको कारण उस्को कार्यक्रमसँग दाज्नु स्वभाविक हो। तर हाम्रो कार्यक्रममा नेपालीपन छ। हाम्रो आफ्नै मौलिकता रहको छ।’

यो शोको अध्यक्षमा दीपाश्री निरौला रहनेछिन्। उनले भनिन्-‘हो, यो कार्यक्रम द कपिल शर्मा शोबाट प्रभावित छ। तर, यसको बिषयवस्तु र प्रस्तुति नेपालीपन झल्कने गरि तयार पारिएको छ।

जितुले ले नेपाली कलाकारले नेपाली शैलीमा रमाइलो गरेर मनोरञ्जन दिनेमा आफू ढुक्क भएको बताए। उनले आफू टेलिभिजनबाटै आएको कलाकार भएकोले टेलिभिजनको लागि केही कार्यक्रम उत्पादन गरौँ भनेर पनि टेलिभिजनको कार्यक्रममा फर्किएको बताए। ‘कपिल शर्माको शोसँग मिल्छ वा अरुसँग मिल्छ भनेर चुप लागेर बस्ने पनि कुरा भएन’, उनले भने, ‘नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि भए पनि हामीले कार्यक्रम तयार पारेका हौँ।’

मुन्द्रेको कमेडी शोमा दिपकराज गिरी, करिश्मा मानन्धर, केदार घिमिरे, केकी अधिकारी अतिथी बनिसकेका छन्। ‘राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई पनि यो शोको प्रमुख हिस्सा हुनेछन्।

SUBSCRIBE 👉