सलमान खान आफ्नो फ्यान भेट्न टाटा मेमोरियल हस्पिटल (मुम्बई) पुगेका हुन्। उनी अस्पताल पुगेर फ्यानसँग कुरा गरेको भिडियोले यतिबेला निकै चर्चा पाइरहेको छ। गोविन्द नाम गरेका एक व्यक्तिले उक्त क्यान्सरपीडित बिरामीसँग भेट गर्न सलमानसँग आग्रह गरेका थिए। उनको अनुरोधलाई स्वीकार गर्दै सलमान अस्पताल पुगेका हुन्।
सलमान खान यस्तो बिरामीलाई सहयोग गर्ने मामिलामा निकै चर्चित छन्। सलमान खान नयाँ फिल्म भारतबाट दर्शकमाझ आउने भएका छन्। कटरिना कैफका साथमा आउने सो फिल्म अली अब्बासको निर्देशनमा निर्माण भईरहेको छ। यो फिल्म २०१९ मा रिलिज हुने बताईएको छ।