नेपालकी मेनुका भारतीय रियालिटी शो ‘सारेगमप’को शीर्ष १५ मा


नेपाल आइडलको पहिलो संस्करणबाट चिनिएकी मेनुका पाैडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन्। नेपालमा पहिलो पटक भएकाे सारेगमपको अडिसनमा उनी छनाेटमा परेकी थिइन्। जि टिभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ बाेलकाे गीत गाएर मेघा अडिसनको लागि छनौट भएकी थिइन्। उनकाे स्वरलार्इ जजहरूले निकै नै मन पराएका थिए।

मेनुकाले अाइतबार भएकाे मेघा अडिसनमा फिल्म रंग दे बसन्तीको ‘लुका छुपी’ गीत गाएर निर्णायक मण्डलमा रहेका शेखरको घरानामा उनी प्रवेश गरेकी छिन्। साथै उनले जजहरूबाट स्ट्यान्डिङ अाेभेसन पनि पाएकी थिइन। मेनुकाले अाफ्नाे याे खुसी सबै नेपालीहरूका लागि भएकाे बताएकी छिन्।

जजले रुँदै भने : तिम्रो स्वरको मूल्यांकन गर्ने मेरो औकात छैन।

जजले रुँदै भने : तिम्रो स्वरको मूल्यांकन गर्ने मेरो औकात छैन। मेनुका पौडेलले भारतीय SA RE GA MA PA मा धमाका मच्चाइन् … अन्त्य सम्म भिडियो हेर्नुहोस्। लाईक, कमेन्ट र सेयर गर्नुहोस्। https://glamournepal.com/

Posted by Glamour Nepal on Sunday, October 21, 2018

SUBSCRIBE 👉