अभिनेता निखिल उप्रेती – आक्रोशित !


अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’को पोस्टर बाहिरिएको छ। सार्वजनिक पोस्टरमा निखिल उप्रेतीको आक्रोशित अनुहारमा देख्न सकिन्छ। रातो टिका लगाएका निखिलले जुङ्गा पालेका छन्। देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म भिलेनलाई बल बहादुर श्रेष्ठले निमार्ण गरेका हुन। मौनता श्रेष्ठको लेखन रहेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन्।

फिल्मको छायांकन सौरभ लामा, मदन कस्यप घिमिरेले गरेका छन्। मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन्। बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालले संगीत भरेको फिल्ममा सुक्रराज शाहको द्धन्द छ। दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा निखिलसँगै नायिका निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्री लगाएतले अभिनय गरेका छन्। यो फिल्मको रिलिज मिति पौष २७ गते तोकिएको छ।

SUBSCRIBE 👉