केकी अधिकारीको नयाँ प्रोजेक्ट ‘कन्या-कुमारी’


Keki Adhikari Glamour Nepal Kamal Shrestha

मोड्लिङ हुदै चलचित्र ‘स्वर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अधिकारी चलचित्र निर्मात्री समेत बनिसकेकी छिन्। गत वर्ष उनको अभिनय र निमार्णमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रर्दशन भएको थियो। चलचित्रबाट सकारात्मक प्रतिक्रिया पाएकी केकी अव पुन नयाँ चलचित्र ‘कन्या-कुमारी’ निर्माण गर्ने भएकी छिन्।

फोटो ग्यालरी हेर्नुहोस्: केकी अधिकारीको आकर्षक तस्विरहरु

जुनकिरी आर्ट्स बाट केकीले दोश्रो चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन्। यो चलचित्र महिला केन्द्रित हुने भएपनि कलाकार र प्राविधिक भने तय भैसकेका छैनन्। फागुनको पहिलो साताबाट सुटिंग गर्ने गर्ने भनिएको यो चलचित्रको स्क्रिप्ट र कास्ट पक्का गरेर चाडै सञ्चार माध्यमलाई औपचारिक जानकारी गराउने योजनामा छिन् केकी।

SUBSCRIBE 👉