साम्राज्ञीका कुरा : स्टारडम खस्किन दिन्न


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले गर्ने उत्कृष्ट कार्यका कारण निर्माता तथा अभिनेताहरूको रोजाइमा परिरहेको बताएकी छिन्। सञ्चारकर्मीहरूमाझ शाहले भनिन्, ‘निर्माता तथा अभिनेताहरूलाई म चाहिने हो, म आफैं अभिनेता वा निर्माता छान्दिनँ।

सम्राज्ञीको हट अवतार – फोटो ग्यालरी हेर्नुहोस्

आफूले अभिनय गरेका चलचित्र मध्ये ‘इन्टु मिन्टु लन्डन’मा उत्कृष्ट रहेको उनको दाबी छ। यो चलचित्रबाट हलिउड बलिउड चलचित्रको टेष्ट खोज्ने दर्शकहरू समेत सन्तुष्ट हुने दाबी उनले गरिन्। कायरा बाहेक आफ्ना अन्य चलचित्रले उत्कृष्ट व्यापार गरेको समेत उनले बताइन्। आफ्नो स्टारडम दिन प्रतिदिन बढ्दै गएको र त्यसलाई खस्किन नदिनसमेत आफू सचेत रहेको साम्राज्ञीको भनाइ छ। – साप्ताहिक बाट

सम्राज्ञीका केहि तस्विरहरु:

Samragyee RL Shah

SUBSCRIBE 👉