म्युजिक भिडियोमा एक्लो मुस्कान


muskan-balampakiग्ल्यामर नेपाल, काठमाडौं । प्रेमिकाले छाडेर गएपछि प्रेमीको हालत निकै पीडादायी हुन्छ। गायक मुस्कान बलम्पाकीले हालै सार्वजनिक गरेको ‘छाडेर नजाऊ’ बोलको गीतमा उनी पनि आफ्नी प्रेमिकालाई छाडेर नजान आग्रह गरिरहेका छन्।

हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गरिरहेका यी इलामे गायकले भिडियोमा सोलो अभिनय गरेका छन्। भिडियोमा अरु कोही पनि मोडल देखिँदैनन्। डीपी खनालको शब्दमा गायककै संगीत रहेको गीतको भिडियोको सुरज र सन्नीले निर्देशन गरेका हुन्। गीतले वियोगान्त कथाको चित्रण गरेको गायक बलम्पाकीले बताए।

SUBSCRIBE 👉