मनीषा कोइरालाको आत्मवृत्तान्त डिसेम्बरमा सार्वजनिक हुने


अभिनेत्री मनीषा कोइरालाको आत्मवृत्तान्त डिसेम्बर १५ मा सार्वजनिक हुने भएको छ। क्यान्सर सँगको संघर्षका विषयमा लेखिएको यो पुस्तक मनिषाले लेखक निलम कुमार सँग मिलेर तयार पारेकी हुन्। भारतकी बेस्ट सेलर लेखक निलम कुमारका आठ पुस्तक प्रकाशित भइसकेका छन्।

मनिषाले आफ्ने पुस्तक डिसेम्बर १५ मा सार्वजनिक हुने ट्विटरमार्फत् जानकारी गराएकी हुन्। पुस्तक सार्वजनिक हुने जानकारी ट्विटरमा राख्दै मनीषाले भनेकी छन्, ‘क्यान्सरमाथि विजय प्राप्त गर्नु आत्मसाक्षात्कारको पाठ र जीवनलाई फेरि प्रेम गर्न सिक्ने माैका बनेको छ।’

पुस्तकको मूल्य भारु ३४७ रुपैयाँ रहेको छ। मनीषाले आफ्नो पहिलो पुस्तकको नाम ‘हिल्ड: हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ राखेकी छन्। अंग्रेजी भाषाको पुस्तक भारतको पेन्गुइन प्रकाशनले बजारमा ल्यउन लाागेको हो।

मनिषा कोइरालाको भित्री रहस्य : ड्रग्स देखी डिभोर्स सम्म

क्यान्सर भएपछि मनीषाले क्यान्सर सँग जुध्न गरेका अथक प्रयास यो किताबमा उल्लेख गरेको प्रकाशकले उल्लेख गरेका छन्। आफू क्यान्सर फ्री भएपछिका ६ वर्षको अवसरमा उनले यो किताबमा क्यान्सरसँग नडराउन र विजयी भएर बाहिर निस्कन प्रेरित गरेकी छन्।

मनिषा कोइरालाको आकर्षक तस्विरहरु [फोटो ग्यालरी हेर्नुहोस्]

सौदागर फिल्म मार्फत बलिउड फिल्म इन्डस्ट्रीमा पाइला राखेकी मनीषालाई २०१२ म क्यान्सर देखिएको थियो। पछिल्लो समय उनि राजकुमार हिरानीको फिल्म ‘सञ्जु’मा नरगिसको भूमिका देखिएकी थिइन्।

SUBSCRIBE 👉