नेपाल आउदैछन् GANGNAM STYLE गायक PSY, ललितपुरमा हुँदैछ कन्सर्ट


चर्चित गीत ‘गाङनाम स्टाइल’ का गायक PSY नेपाल आउने भएका छन्। नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन साई नेपाल आउन लागेका हुन्। दक्षिण कोरियाली गायक PSY को गीत ‘ग्याङनम स्टाइल निकै चर्चित भएको थियो।

GANGNAM STYLE म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

उनि ‘गाङनाम स्टाइल’बाटै संगीतको दुनियामा छाएका हुन्। यसअघि उनले दुई एल्बम निकालि सकेका थिय तर खासै चर्चा पाएका थिएनन्। उनलाई ‘गाङनाम स्टाइल’ले भने विश्व संगीतको शिखरमै पुर्‍याइदियो। ग्याङनम स्टाइल २०१२ मा रिलिज भएको थियो। युट्युवमा यो गीत तीन अर्व २३ करोड भन्दा धेरै पटक हेरिसकिएको छ।

१५ डिसेम्बर (मंसिर २९) गते PSY with K – POP LIVE in Nepal नाम दिइएको कन्सर्टमा उनी सहभागी हुनेछन्। खुमलटारमा रहेको रेडियो नेपालको मैदानमा हुने कन्सर्टमा उनको प्रस्तुती रहनेछ। ५ घन्टा चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसहित अन्य गायक गायीकाको प्रदर्शन रहनेछ। साथै दक्षिण कोरियाबाट पनि गायक गायीकाको टोली आउँदैछ।

SUBSCRIBE 👉