अन्जु पन्तको म्युजिक भिडियोमा हेर्नुहोस् ऋमा र वेनिषाको गहिरो प्रेम


२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ। पहिले नौलो लाग्ने कुरा आज भोली सामान्य हुँदै गएका छन्। त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु। पछिल्लो समय समलिङ्गी ब्यक्तीहरु खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउनेहरु अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका छन्। नेपालमा पनि त्यो परिवर्तन देखिएको छ। परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउ भन्ने मुख्य हेतुले प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका द्वय रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा लेजबियन बनेका यी दुई नायिकाको इन्टिमेट सिन समेत समावेश गरिएको छ। भिडियोमा उत्तम हुमागाईको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ। भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉