बिग बोसबाट सलमान खानले यी प्रतियोगीहरुलाई धक्का मारेर किन निकाले ?


भारतीय टिभी लियालिटी शो बिग बोसमा बलिउड नायक सलमान खानले एक प्रतियोगीलाई धक्का मारेर बाहिर निकालि दिएका छन्। बिगबोस सिजन १२ का प्रतियोगी शिवाशीषलाई सलमानले धक्‍का दिएर बिग बोसबाट बाहिर निकालेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्।

Salman Khan

यसअघि सलमानले पाँच जना प्रतियोगीहरुलाई पनि धक्का दिएर बाहिर निकाले सकेका छन्। किनकी उनीहरुले बिग बोसको घरमा नियम पालना गरेका थिएनन्। बिगबोसको घरमा जुन प्रतियोगीले नियमको पालना गर्दैनन्, उनीहरुलाई नियम तोडेको भन्‍दै बाहिर निकाल्‍ने चलन छ। तर प्रस्तोता रहेका सलमान खानले भने आफैले धक्का मारेर यस पटक पनि शिवाशीषलाई बाहिर निकालि दिएका हुन।

zubair khan & shivashish mishra

यसका साथै उनले सीजन ११ मा जुबैर खान मात्र नभइ प्रियांक शर्मालाई पनि धक्का मारेर बाहिर निकालेका थिए। प्रियांकले पहिलो हप्तामै अर्का प्रतियोगी आकाश ददलानीमाथि हातपात गरेका थिए। तर पछि उनलाई वाइल्ड कार्डको माध्‍यमबाट पुन: बीग बोसको घरमा प्रवेश दिइएको थियो।

यस्तै अर्का प्रतियोगी हुन बिग बोसको घरबाट आउट हुने प्रियंका जग्जा। उनी बिगबोस सिजन १० का प्रतियोगी हुन। उनलाई पनि बिगबोसबाट निकालि सकेपछि उनको भाइले उक्त जानकारी दिएका थिए। किनकी उनी बिगबोसकै घरमा गर्भवती भएकी थिइन्। उनलाई त्‍यहाँ बीगबोसको कुरा नमानेपछि निकालिएको थियो।

om swami & priyanka jagga

त्‍यस्तै सीजन १० कै अर्का प्रतियोगी स्वामी ओमले पनि यही नियति भोग्‍नु गरेको थियो बीगबोसको घरमा। एक वेबसाइटको रिपोर्टका अनुसार दिल्ली प्रहरीले नै स्वामी ओम महाराजलाई लिन आएका थिए। किनकी उनीविरुद्ध चोरी तथा सशस्त्र गतिविधिको अभियोग लगाइएको थियो। तर उनी बीग बोसको घरबाट निक्लिन अस्वीकार गरेका थिए। तर सलमानले उनलाई पिसाबको हर्कतमा बिगबोसबाट निकालेका थिए।

ajaz khan & priyank sharma

यस्तै बीगबोसमा हल्ला बोल सिजनमा आएका एजान खानले पनि बीग बोसको घरबाट निकालिन पुगेका थिए। उक्त शो मा फिल्म मेकर एवं कोरियोग्राफर फराह खानले सञ्‍चालन गरेकी थिइन्। किनकी उनीमाथि फराहलाई यौन दुर्व्यवहार गरेको आरोप थियो। एजानलाई बिगबोसमा मनोरञ्‍जनको लागि ल्याइएको थियो। तर उनले त्‍यसको साट्टो शोको प्रस्तोतामाथि नै खराब काम गर्ने मनसाय देखाएपछि बीग बोसको घरबाट निकाएका थिए।

SUBSCRIBE 👉