हेमराज बीसीको फिल्ममा प्रदिप र साम्राज्ञीको जोडी पक्का

नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा पुरा हुने भएको छ। यी दुई कलाकारले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा संगै काम गर्ने संझौता गरेका छन्। फिल्मको नाम भने अहिले खुलाईएको छैन।


Pradip Khadka & Samragyee RL Shah | Image Courtesy: OnlineKhabar

नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा पुरा हुने भएको छ। यी दुई कलाकारले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा संगै काम गर्ने संझौता गरेका छन्। फिल्मको नाम भने अहिले खुलाईएको छैन।

हेमराज बीसी ‘ब्रेकअप’ रिलिजपछि नयाँ चलचित्र निर्देशन गर्दैछन्। लभ स्टोरी फिल्म निर्देशनमा सफल हेमराज वीसीले एसअघि होस्टल, जेरी, सम्बोधन, गाजलु, ग्यांगस्टर ब्लुज जस्ता फिल्महरु निर्देशन गरिसकेका छन्।

जेठबाट छायांकनमा जाने फिल्म विदेशी भूमिमा खिचिने बताईएको छ। फिल्मको छायांकन जर्मन, फ्रान्स, स्विजरल्याण्ड, बेल्जियम, इटालीमा गरिनेछ। यो फिल्म ३ करोड माथिको बजेटमा निर्माण गर्ने तयारी गरेको निर्माणपक्षको भनाई छ। यो फिल्म ह्याप्पी प्लानेटको तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी र काफिया फिल्मस्को तर्फबाट काफिया शाही र कविरविक्रम शाहीले मिलेर निर्माण गर्ने भएको छ।

चलचित्र ‘छक्का पन्जा २’बाट यी दुई कलाकारले एकसाथ काम गर्ने चर्चा चलेपनि उनीहरुले एकसाथ काम गर्न सकेका थिएनन्। साम्राज्ञी र प्रदिपले केही समय अघि मात्र डिस होमको विज्ञापनमा काम गरेका थिए।

SUBSCRIBE 👉