सा रे ग म प मा मेनुकाको धमाल, डिम्पल गर्ल प्रीति जिन्टा भईन फ्यान


नेपाल आईडलबाट बाहिरीए पछि भारतीय रियालिटी शो सा.रे.ग.म.प.मा प्रवेश गरेकी मेनुका पौडेलले निरन्तर दमदार प्रस्तुती दिएर कार्यक्रममा निर्णायकहरु, दर्शक तथा श्रोताहरु र कार्यक्रमका अतिथिलाई पनि आफ्नो सुन्दर गायकीपनको फ्यान बनाएकी छन्।

उनले आफ्नो फ्यान सूचीमा डिम्पल गर्ल प्रीति जिन्टालाई पनि थपिन्। मेनुकाले ‘पिया बाबरी’ बोलको गीत गाएकी थिइन्। कार्यक्रममा सबै निर्णायक र जुरी मेम्बरले उनलाई हौसला दिए। टप फिप्टीनको सो प्रतिस्पर्धामा उनले जुरी मेम्बरबाट ९९.३ प्रतिशत अंक प्राप्त गरिन्।

मेनुकाले प्रस्तुति दिएपछि अभिनेत्री प्रीतिले उनको खुलेरै प्रशंसा गरिन्। उनले प्रीतिलाई पनि ‘प्रित’ लगाइन्। कार्यक्रममा जुरी मेम्बरबाट ९९.३ अंक पाएकी मेनुका टप १४ मा प्रवेश गरिन्। मेनुकालाई बधाई तथा शुभकामना !