ट्रेलर हेर्नुहोस् : प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पाहुना’


भारतीय अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको नेपाली भाषाको फिल्म ‘पाहुना’को आधिकारिक ट्रेलर रिलिज भएको छ। यो फिल्मको ट्रेलरलाई पर्पलकै आधिकारिक युट्यूब च्यानलमार्फत रिलिज गरिएको छ।

पाहुनाको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

सार्वजनिक भएको ट्रेलरमा आमा बुवाबाट बिछोडिएका नेपाली बालबालिकाको कथा देखाइएको छ। बालबालिकाले आफ्नो सुरक्षाका लागि के के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ। नेपाली भाषामा तयार पारिएको यो फिल्ममा अंग्रेजी सबटाइटल पनि राखिएको छ।

पाहुनाको पोस्टरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका छ। पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाइटी इन्डिया रहेको छ। फिल्मलाई पाखी ए तराइवालाले निर्देशन गरेका हुन्।

SUBSCRIBE 👉