निक सँग प्रियंकाको दुई पटक बिबाह


दीपिका रणवीरको विवाहपछि फ्यान तथा मिडियाहरुको नजर अब प्रियंका चोपडा तथा निक जोनसको विवाहमा छ। यो जोडिले अहिलेसम्म विवाहको मितिको खुलासा गरेका छैनन्। तर मिडिया रिपोर्टका अनुसार विवाहको तारिख २ डिसेम्बरका लागि तय भएको छ। निक प्रियंकाको शाही विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ। विवाह हिन्दू र किश्चियन रीति रिवाज अनुसार हुनेछ। जोडिको विवाहसँग जोडिएका केही कुराहरु बाहिरिएका छन्।

मिड डेको रिपोर्ट अनुसार २ डिसेम्बरमा हिन्दू रीति अनुसार विवाह हुनेछ र ३ तारिखमा दुबैले क्रिश्चियन रिति अनुसार विवाह गर्नेछन्। यो दुबै कार्यक्रम एकै स्थानमा हुने जनाइएको छ।

जोधपुरमा दुबैको विवाहको तयारी चलिरहेको छ। यो हप्ता निक जोनस परिवारका साथ भारत आउनेछन्। २५ , २६ नोभेम्बरमा प्रियंकाले आफ्नो फिल्म स्काई इ पिंक को सुटिङ सक्नेछिन्। २७ तारिखमा उनी एक च्यारेटिमा सहभागी बन्ने छिन्। फेरि उनी २८ नोभेम्बरमा जोधपुर जानेछिन् र २९ नोभेम्बरबाट विवाहको तयारी शुरु हुनेछ।

बेहुला बेहुलीका लागि अबु जानी र संदीप खोसला लुगाको डिजाइन गरिरहेका छन्। क्रिश्चियन रिति अनुसारको विवाहमा प्रियंकाले राफेल लाउरेनको क्रिएशन लगाउँनेछिन्।

प्रियंकाले विवाहमा बलिउडका कसैलाई पनि नबोलाएको चर्चा भारतीय समाचार माध्यमहरुमा छन्। उनी विवाह समारोहलाई नितान्त निजी बनाउन चाहन्छिन्। तर उनका नजिकका नातेदार र भारतीय फिल्म उद्योगका केही हस्तीहरु भने विवाह समारोहमा सहभागी हुनेछन्।

को हुन् निक?
निककको वास्तविक नाम निकोलस जेरी जोनस हो। उनको जन्म १६ सेप्टेम्बर १९९२ मा टेक्ससको डालास शहरममा भएको थियो। निक अमेरिकन गायक तथा अभिनेता हुन्। उनले सात वर्षको उमेरमा नै काम थालेका थिए। निकले २००२ मा आफ्ना बाबुसँग मिलेर पहिलो गीत जाय टु द वल्र्ड गाएका थिए। निकको आफ्नो यो पहिलो गीत स्वयं लेखेका थिए।

२००४ मा निकको पहिलो एल्बम आयो। तर त्यसले त्यति धेरै सफता पाएन। यसपछि उनले भाइहरुसँग मिलेर जोनास ब्रदर्स नामको एक व्याण्ड बनाए। जसका चारवटा एल्बम बजारमा आए। जो निकै चर्चित भए। जोनस बदर्सले अमेरिकी म्युजिक अवार्डमा अवार्ड फर ब्रेकथ्रु आर्टिस्ट पनि जिते।

प्रियंका चोपडा भन्दा पहिला निक जोनासको नाम कयौं गायिका तथा अभिनेत्रीसँग जोडिएको थियो। निकले माइली सायरस, क्याडल जनर तथा सेलेना गोमेजसँग पनि डेट गरेका थिए। डेली मेलका अनुसार निकको वार्षीक कमाई २.५ मिलियन डलर अर्थात १७५ करोड रुपैयाँ छ। निकले अहिलेसम्म कुल १७ एल्बमकालागि गित गाएका छन्।

SUBSCRIBE 👉