को को सँग पिरिममा परे निश्चल र कर्मा? – भिडियो हेर्नुहोस्


फिल्म ‘गरुड पुराण’को केहि दिन अघि मात्र पोस्टर सार्वजनिक गरिएको थियो। निर्माण टिमले फिल्मको गीत पनि सार्वजनिक गरेको छ। ‘म त पिरिममा’ बोलको गीतको भिडियोमा निश्चल बस्नेत, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी र अन्जली योञ्जन फिचर्ड गरिएको छ। पारिवारिक प्रेमकथामा आधारित फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन्।

गरुड पुराणको पोस्टर हेर्न यहाँ क्लिक गर्नुहोस्

दिनेश राउतको शब्द तथा कोसिस क्षेत्रीको संगीत रहेको गीतमा कोसिस र मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा रेनाशा वान्तवा राईको कोरियोग्राफी छ। फिल्ममा सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन छ। यो फिल्म माघ ४ गते बाट प्रदर्शनमा आउदैछ।

गरुड पुराणको गीत ‘म त पिरिममा’ हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉