गायक प्रमोद खरेलको नयाँ गीत – तानिन उनैले…


स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त रहने गायक प्रमोद खरेल पछिल्लो समय रियालिटी सो व्यस्त छन्। उनी गायन रियालिटी सो ‘ द भ्वाइस अफ नेपाल’का कोच मध्य एक हुन्। उनले हालै उक्त सो का तेजेन्द्र गन्धर्वलाई निर्मला पन्त हत्याकाण्ड माथि एक गीत गाउन लगाएका थिए। उनको शब्द रचनामा बनेको गीतले नेपाली दर्शकको मन छोयो। उनले निर्मला हत्याकाण्डबारे उल्लेखित विभिन्न सामाग्रीको अनुसन्धान गरेर उक्त घट्नलाई गीतमा प्रस्तुत गरे।

प्रमोद खरेलका चर्चित म्युजिक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

यतिबेला प्रमोदको अर्को नयाँ गीत रिलिज भएको छ। ‘तानिन् उनैले’ बोलको गीतको भिडियो प्रमोदकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो। मुकुन्द पौडेलको शब्द तथा केशब पौडेलको संगीत रहेको गीतमा कलाकार नम्रता सापकोटा र सुधिर खनालले अभिनय गरेका छन्। राजिव समरको कोरियोग्राफीमा बनेको गीतलाई शान थापाले निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको यो म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

प्रमोद खरेल को नयाँ म्युजिक भिडियो ‘तानिन उनैले’ हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉