सारेगमपको शीर्ष ११ मा ‘नेपाली गुडिया’ मेनुका पौडेल


मेनुका पौडेल यतिबेला भारतमा ‘नेपाली गुडिया’को नामले चिनिन थालेकी छिन। भारतीय रियालिटी शो सारेगमपमा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी दिदै उनी शीर्ष ११ मा पुगेकी छिन्। शनिबार रातीको एपिसोडमा कुमकुम भाग्य टेलिश्रृङ्खलामा तनुश्रीको भूमिका निभाएकी लिना जुमानी मेनुकाको समर्थनमा उपस्थित भइन्।

मेनुकाले हिन्दी फिल्म बाजिराव मस्तानीको गीत ‘मोहे रंग दो लाल’ गाएकी थिइन्। मेनुकाको प्रस्तुतीपछि त्यहाँ उपस्थित सबै जुरी मेम्बर्स र जजले उभिएर ताली बजाए। उनको यो प्रस्तुतीलाई जुरी मेम्बर्सले ९८ प्रतिशत अंक दिए। मेनुकाले उक्त गीत निकै गाह्रो भएकाले सुरुमा आफूलाई गाउन निकै डर लागेको बताइन्। आफ्नो आवाज नै कम सुनेका कारण उक्त गीतलाई सी सार्पमा गाएको उनले जानकारी दिइन्।

तीन जजमध्येकी एक ऋचा शर्माले कहिलेकाँही डराउनु नै फाइदा हुने बताइन्। उनले भनिन्, ‘कहिले काँही डराउँदा नै यस्तो प्रस्तुती देख्न पाइन्छ।’ ऋचाले मेनुकाको निकै तारिफसमेत गरिन्।

यस्तै, अर्का जज साजिदले मेनुकालाई गुडियाजस्तो देखिएको बताए। उनले भने, ‘तपाईंको जति तारिफ गरेपनि कम छ। प्रस्तुतीको अन्तरामा जुन सुर लिनुभयो, त्यो असाधारण थियो। तपाईंले लिइरहनुभएको हर्कत पनि निकै प्रस्ट छ।’

यस्तै, शेखरले पनि उनलाई दिन प्रतिदिन बढ्दै गएको बताए। उनले भने, ‘मानिसहरुले मलाई फोन गरेरै तपाईंबारे सोधिरहेका छन्, यो नै सबैभन्दा ठूलो कुरा हो। अब तपाईंको जिम्मेवारी तपाईंको प्रशंसकतिर जान्छ।’

कार्यक्रममा तीनै जजले पुनः दोस्रोपटक उभिएर उनको प्रशंसा गर्दै बजाए। उनको समर्थनमा उपस्थित तनुश्रीले पनि मेनुकाले गाएको प्रत्येक शब्दमा आफू हराएको बताइन्।

SUBSCRIBE 👉