अवार्डं कार्यक्रममा नजाने रेखाको घोषणा


rekha-bollywoodबलिउडमा एकताका सुन्दरी नायिकाका रुपमा चिनिने अभिनेत्री रेखाले कुनै पनि फिल्मी अवार्ड कार्यक्रममा सहभागिता नजनाउने घोषणा गरेकी छन्।

उनको रुपका विषयमा अनेकौं टिप्पणी हुन थालेपछि अवार्ड जस्तो महत्वपूर्ण सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरेकी हुन्।

काञ्जीवरामको सोडी, ह्याभी गोल्ड टेम्पल ज्वेलरी र सधैं भरी विवाहित नारीको लुक्सका रुपमा प्रस्तुत हुने रेखा यही गेटअपमा सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँछिन्। उनको यही लुक्सलाई देखेर धेरैले सकारात्मक र नकारात्मक प्रतिक्रिया दिने गर्दछन्। आम मानिसले गरेको आलोचनालाई सुधार्न छोडेर उनी अवार्ड कार्यक्रम नै नजाने भएकी हुन्।

अवार्ड कार्यक्रम एकै खाले हुनु अनि आयोजकसँग फिल्म स्टार नाँच्नुले पनि अवार्डको महत्व घटेको रेखाको बुझाई छ। उमेरले ६० वर्ष पुगेकी रेखा आफ्ना लागि राम्रो भूमिकाको खोजीमा छिन्।

SUBSCRIBE 👉