जर्मनीमा बस्दै आएकी आशिका तामांगले २ वर्ष अघि करिब १ करोड लगानी गरेर फिल्म निर्माण गरिन्। फिल्मको नाम हो – सुश्री। यो फिल्ममा नायक आर्यन सिग्देल सँग उनि नायिकाको रुपमा देखिएकी थिइन्। उनि आफै निर्मात्री अनि अभिनेत्री भएको फिल्म फ्लप भएक पछि उनि फिल्मी क्षेत्रबाट गुमनाम भईन।
गत बर्षको दशैंको मुखमा उनले एउटा टिकटक भिडियो सार्बजनीक गरिन्,जसबाट उनी रातारात भाइरल भइन्। उनले भिडियोमा रुँदै भनेकी छिन मासु खानुहोस, तर खसीखसिनी नमार्नुहोला,’ ‘मारे पनि घरवारबिहिन खसीखसिनी कुखुरालाईलाई मात्र मार्नुहोला। भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी थिइन् जसलाइ धेरैले नाटक भन्दै प्रतिक्रिया दिएका थिए। उनको त्यो भिडियो सामाजिक संजालमा ‘खसिनी भिडियो’ को नामले रातारात भाइरल बन्यो।
खसिनी भिडियो बाट रातारात चर्चित बनेकी आशिका यतिबेला नेपाल आइपुगेकी छिन्। जर्मनीबाट लगभग २ वर्षको बसाईका लागि नेपाल आएकी हुन्। २ घण्टाको फिल्मले नचिनियकि आशिका आफूलाई खसिनी भिडियोले सबैमाझ चिनाएको बताउँछिन्।
अहिले उनि फेरी फिल्म निर्माण गर्ने सोचमा छिन् त्यसैले उनी भन्छिन् ‘पहिला सोच बिचार नगरी फिल्म बनाएँ लगानी डुब्यो अब सोच बिचार गरेर हिट फिल्म बनाएरै छाड्छु। बिगतमा फिल्मबाट लगानी डुबाएर पाठ सिके र अब भने हिट फिल्मको लिस्टमा आफ्नो फिल्म पर्ने गरी फिल्म बनाउछु।