गरिमा र जोएसलाई कलाकारको सम्मान


joyes garima panta

ग्ल्यामर नेपाल, काठमाडौं । मे २० देखि २५ सम्म श्रीलंकाको राजधानी कोलम्बोमा भएको ‘सार्क फिल्म फेस्टिबल’ मा फिल्म ‘झोला’बाट सार्ककै उत्कृष्ठ नायिका घोषित भएकी अभिनेत्री गरिमा पन्त र फेस्टिबलमै दोस्रो बन्दै ‘सिल्भर मेडल’ प्राप्त गर्न सफल फिल्म ‘साँघुरो’का निर्देशक जोएस पाण्डेलाई राजधानीमा सम्मान गरिएको छ।

फिल्ममा काम गर्ने कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। पन्त र पाण्डेलाई संघका तर्फबाट अध्यक्ष नवल खड्काले खादा, टीका लगाएर सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा सम्मानित पाण्डेले आफ्नो फिल्मले सार्क क्षेत्रमा रहेका अन्य फिल्मलाई पछि पार्दै दोस्रो बन्नु समग्र फिल्म उद्योगका लागि खुशीको कुरा भएको बताए। त्यस्तै अभिनेत्री पन्तले फिल्म ‘झोला’मा काम गरेको अनुभव सुनाउँदै आफुले पाएको अवार्डले फिल्ममा गरेको दुःख सबै भुलेको जनाईन्।

garima panta nawal khadka
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले गरिमा र जोएसले पाएको अवार्डले नेपाली फिल्मले चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो स्थान बनाउने दाबी गरे। कार्यक्रममा चलचित्र संघ सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि पन्त र पाण्डेलाई बधाई दिएका थिए।

joyes nawal khadkha

SUBSCRIBE 👉