घाईते हुँदाहुँदै पनि सुटिङ्गमा आलिया


दीपिका पादुुकोण र क्याट्रिना कैफलाई टक्कर दिन सक्ने ठानिएकी अभिनेत्री आलिया भट्ट घाइते छिन्। तर, उनी कडा मिहिनेत गरिरहेकी छिन्। उनले पछिल्लो हप्ता दुई फिल्मको सुटिङ एकैपटक गरेर सबैलाई छक्क पारेकी छिन्।

अहिले बलिउडमा ए क्लासका कलाकारले बिरलै दुई फिल्ममा काम गर्ने गर्छन्। उनले निर्देशक अयान मुखर्जीको ‘ब्रह्मास्त्र’ र अभिषेक वर्मनको ‘कलंक’को सुटिङ एकैपटक गरिरहेकी छिन्।

बुल्गेरियामा सुटिङका क्रममा आलियाको खुट्टामा चोट लागेको थियो। ‘ब्रह्मास्त्र’ एक सुपर हिरोको कहानी भएको फिल्म मानिएको छ। आलिया पहिलोपटक फाइटिङ एक्सन फिल्ममा देखिँदै छिन्।

भारतीय मिडियाका अनुसार आलिया बुल्गेरियाबाट आएपछि उपचार गर्दै काम गरिरहेकी छिन्। डाक्टरले आराम गर्न सुझाए पनि उनी भने काममै लागिरहेकी छिन्। उनलाई प्रेमी रणवीर कपुरले हरसम्भव सहयोग गरिरहेको भारतीय मिडियाले जनाएका छन्।

SUBSCRIBE 👉