भाग्यमानी अभिनेत्री पुजा शर्मा

पाली सिने बजारमा धेरैजसो अभिनेता-अभिनेत्री चलचित्रमा फ्लप तर व्यक्तिगत रूपमा भने हिट गर्छन। व्यक्तिगत चर्चाका साथै चलचित्रमा समेत सफल अभिनेता-अभिनेत्री एकाध मात्र छन्। तिनै मध्येका एक हुन् पूजा शर्मा।


नेपाली सिने बजारमा धेरैजसो अभिनेता-अभिनेत्री चलचित्रमा फ्लप तर व्यक्तिगत रूपमा भने हिट गर्छन। व्यक्तिगत चर्चाका साथै चलचित्रमा समेत सफल अभिनेता-अभिनेत्री एकाध मात्र छन्। तिनै मध्येका एक हुन् पूजा शर्मा।

चलचित्र ‘प्रेमगीत’ हिट भएपछि पूजा एकाएक चर्चामा आइन्। यही क्रममा उनले निर्देशक सुदर्शन थापासँगको सहकार्यमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माण गरिन्। उक्त चलचित्रले राम्रो व्यापार गर्‍यो भने चलचित्रमा पूजाले अभिनेत्रीको भूमिका निर्वाह गरेकी छिन्।

त्यसपछि पूजाले चलचित्र ‘रामकहानी’ निर्माण गरिन्। रामकहानीले पनि बक्स अफिसमा राम्रो व्यापार गरेपछि पूजाको चर्चा थप चुलिएको छ। चलचित्रले लगातार राम्रो व्यापार गरेपछि कतिपयले उनलाई भाग्यमानी अभिनेत्रीको संज्ञासमेत दिएका छन्।

SUBSCRIBE 👉