प्रियंका चोपडाद्धार निर्मित नेपाली भाषी फिल्म ‘पाहुना: द लिटल भिजिटर्स’ को गीतहरु रिलिज

प्रियंका चोपडाद्वारा निर्मित नेपाली भाषी फिल्म पाहुना ‘द लिटल भिजिटर्स’ (PAHUNA ‘The Little Visitors’) को गीतहरु ‘जिन्दगीलाई (हाँस्दै)’ र ‘सानो नौलो संसार’


बलिउड/हलिउड नायिका तथा गायिका प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषी फिल्म ‘द लिटल भिजिटर्स’ PAHUNA ‘The Little Visitors’ को ‘जिन्दगीलाई (हाँस्दै)’ बोलको गीत रिलिज भएको छ। गीतमा पियुस नेपालको स्वर, अरजित दत्तको संसंगीत र डा.पवन च्याम्लिङ्ग किरणको शब्द सुन्न सकिन्छ। गीतले वर्तमानमा रमाउनु, हाँस्नु अनि एक बारमा पाएको जिन्दगीलाई जिउनु पर्छ भन्ने सन्देश दिएको छ।

PAHUNA ‘The Little Visitors’को गीत ‘जिन्दगीलाई (हाँस्दै)’ हेर्न यहाँ क्लिक गर्नुहोस्

यो फिल्मको दोस्रो गीतपनि रिलिज भईसकेको छ। ‘सानो नौलो संसार’ शिर्सक रहेको दोस्रो गीतमा पियुस नेपाल को साथमा अभिव्यंजना रुबी थटालको स्वर सुन्न सकिन्छ। यो गीतको शब्द पनि पियुस नेपालले प्रयास नेपाल संग मिलेर लेखेका हुन्। गीतको संगीत सगर देसाई भरेका छन।

PAHUNA ‘The Little Visitors’को गीत ‘सानो नौलो संसार’ हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली भाषामा तयार गरिएको यो फिल्ममा अग्रेजी सवटाइटल राखिएको छ। फिल्मको निर्देशन पाखी ए तेरेवालाले गरेका हुन। सह निर्माताको रुपमा चिल्ड्रेन फिल्म सोसाइट इन्डिया छ। फिल्मको छायाङ्कन सिकिम्मका विभिन्न ठाँउमा गरिएको हो। यो फिल्म नेपाल लगायतका भारतमा डिसेम्बर ७ तारिख अर्थात मंसिर २१ गतेबाट रिलिज हुँदैछ। फिल्ममा इशिका गुरुङ्ग, मञ्जु के.सी. सारन राई, बिनोद प्रधान, उत्तम प्रधान, अनमोल लिम्बु र बनिता लागुनको मुख्य भुमिका छ।

PAHUNA ‘The Little Visitors’ – ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रिंयका चोपडा र उनकी आमा मधु चोपडाको प्रडक्सन ‘पर्पल पेबल पिक्चर्स’ को ब्यानरमा निर्माण गरिएको यो फिल्मले नेपालमा माओबादी द्धन्द्वको समयमा आफ्नो परिवार संग बिछोडिन पुगेका तीन बच्चाहरुको कथालाई उजागर गर्छ। जर्मनीमा सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो।

SUBSCRIBE 👉