‘ड्रिमगर्ल’ फर्स्ट लुकमा आयुष्मानको महिला रुप


अभिनेता आयुष्मान खुरानाको नाम आउँनेबित्तिकै दर्शकको दिमागमा विभिन्न पात्र आउँछन्। भिक्कि डोनरमा शुक्रकिट दाताको भूमिका देखि ‘बधाई हो’ चलचित्रमा आफ्नो अभिभावकले यौन सम्बन्ध राख्दा समस्या परेका युवाको भूमिकासम्म, आयुषमान आफ्नो भूमिकामा खरो उत्रिएका छन्। अब उनको भूमिका थोरै परिवर्तन हुन लागेको छ, अब उनी ‘कसैको ड्रिमगर्ल’ को भूमिकामा देखिँदैछन्।

आयुष्मान खुराना नयाँ चलचित्रमा देखिँदैछन्। ‘ड्रिमगर्ल नामक चलचित्रमा उनी साडि लगाएका महिलाको भूमिकामा देखिँदैछन्।आयुष्मानले चलचित्रको फस्ट लुक सार्वजनिक गरे। जसमा उनी स्कुटरमा बसेका देखिन्थे, उनले पहेँलो र कालो सारी लगाएका देखिन्थे।

साडिको फेरी आफ्नो टाउँकोमा राखेका आयुष्मानको हातमा पहेँलो रंगको चुरा पनि छ। साडिमा उनले ब्लाउज हैन सेतो रंगको टिसर्ट लगाएका छन् भने खुट्टामा चप्पल छ। उनी एक मन्दिर अगाडि बसेको देखिन्छन्। नजिकै पसल पनि देखिएको छ, जसमा ‘जीवन मराण सप’ लेखिएको छ।

ड्रिमगर्ल एकता कपूर प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र हो। चलचित्रमा नुस्रत भारुचा फिमेल लिडमा देखिँदैछिन्। चलचित्रको लेखन र निर्देशन राज सान्धियाले गरेका छन्।

SUBSCRIBE 👉