चलचित्रमा अभिनय पछि पारिश्रमिक नपाएको पीडा!

चलचित्रमा अभिनय गरेपछि पारिश्रमिक नपाउने कलाकारहरुले बिस्तारै मुख खोल्न थालेका छन्। आगामी दिनमा थप अभिनेता–अभिनेत्रीले आफ्नो पीडा सार्वजिनक गर्ने सम्भावना बढेको छ।


Actor Pradeep Khadka | Actress Barsha Siwakoti

चलचित्रमा अभिनय गरेपछि पारिश्रमिक नपाउने कलाकारहरुले बिस्तारै मुख खोल्न थालेका छन्। केही साताअघि अभिनेता प्रदीप खड्काले पारिश्रमिक नपाएको चर्चा चलेको थियो।

अघिल्लो साता मात्रै अभिनेत्री वर्षा शिवाकोटीले पनि पारिश्रमिक नपाएको गुनासो गरेकी छिन्। वर्षाले प्रदर्शनको तयारमिा रहेको चलचित्र ‘पुरानो बुलेट’ को आधा पारिश्रमिक अहिलेसम्म नपाएको गुनासो गरेकी हुन्। चलचित्रको छायांकन तथा डबिङ सम्पन्न भैसक्दा समेत आफूले पुरा पारिश्रमिक नपाएकोमा उनी दुःखी छिन्। चलचित्रको यूनिटले हालै फोटोसेसनका लागि बोलाउदा उनले पारिश्रमिक पाएपछि मात्रै आउने भन्दिइन्। त्यसो त यसअघि उनले चलचित्र जय शम्भूको पारिश्रमिक पाउन पनि संघर्ष गर्नु परेको सम्झिइन्। नया यूनिटसंग काम गर्दा जहिले पनि पारिश्रमिकमा किचलो हुने वर्षाको गुनासो छ।

अभिनेता खड्का र अभिनेत्री शिवाकोटीले पारिश्रमिक नपाएको गुनासो सार्वजनिक रुपमै गरेपछि आगामी दिनमा थप अभिनेता–अभिनेत्रीले आफ्नो पीडा सार्वजिनक गर्ने सम्भावना बढेको छ। – कलाकर्मी डट कम

SUBSCRIBE 👉