असार २३ मा लगनगाँठो कस्दै श्री कृष्ण र स्वेता


shree-krishna-and-sweta

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित प्रेम जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काले असार २३ मा लगनगाँठो कस्ने भएका छन्। अभिनेता श्री कृष्णले निर्माण गरेको फिल्म ‘कोहिनूर’ रिलिज हुनुभन्दा ठीक एक महिना अघि उनीहरुले विवाह गर्न लागेका हुन्। ‘कोहिनूर’मा यो रियल जोडीले अनस्क्रिन रोमान्स गरेका छन्।

स्रोतका अनुसार क्षेत्री समुदायकी स्वेता र नेवार समुदायका श्री कृष्णको परिवारले सामान्य विधि अपनाएर विवाह गर्न लागेका हुन्। पाँच वर्ष अघि श्री कृष्णले निर्माण गरेको फिल्म ‘कहाँ भेटिएला’मा भेट भएर सँगै काम गरेपछि स्वेता र श्रीको अफस्क्रिन रोमान्स चलेको थियो। श्री कृष्णले स्वेतालाई पहिलोपटक २०६४ सालको पौष १४ गते वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठको डान्स सेन्टरमा भेटेका थिए। प्रारम्भिक अडिसन पश्चात श्वेता पुस २६ गते हिरोइनका रुपमा फिल्ममा अनुबन्धित भएकी थिईन्।

स्व. निर्देशक शिव रेग्मीले निर्देशन गरेको फिल्म ‘कहाँ भेटिएला’ सुपरहिट भएपछि यो जोडी मिडियाको नजरमा परेका थिए। फिल्मको प्रोमोशनदेखि अन्य काममा सँगै देखिन थालेपछि उनीहरुबीच प्रेम अंकुराएको हल्ला चलेको थियो। प्रारम्भिक चरणमा आफुहरुबीच कुनै सम्बन्ध नरहेको बताउँदै आएको यो जोडी एकापसमा नजिकिन थालेपछि मात्र उनीहरु प्रेममा परेका थिए।

श्री कृष्ण र स्वेता अनस्क्रिन रोमान्स कोहिनूर  भिडियो हेर्नुहोस

shree-krishna-sweta-romance-video-image

SUBSCRIBE 👉