छोराको विवाह गर्न अमेरिका पुगे भुवन


vivek-ka-and-natasha

Vivek KC and Natasha

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रका सदाबहार नायक भुवन केसीले पूर्व जेठी पत्नी विजया केसी तर्फका जेठा छोरा विवेक के.सीको अमेरिकामा विहे गराउने भएका छन्। बिहीबार प्रकाशित नेपाल समाचारपत्र दैनिकका अनुसार एक समयमा नेपाल टेलिभिजनको समाचार वाचिका रहेकी विजया पुत्र विवेकको बिहेमा सहभागी हुन भुवनका बाबु आमा अमेरिका पुगिसकेका छन् भने भुवन बुधबार त्यसतर्फ लागेका छन्। मेरिल्यान्डमा बस्दै आएको विवेकका आमाछोरासहित परिवार जन्ती लिएर बोस्टन जानेछन्।

अमेरिकी नागरिकता प्राप्त विवेकको प्रेम विवाह आगामी जुलाई ४ तारिखमा हुनेछ। काठमाडौं कमलपोखरीमा बस्ने विवेककी प्रेमिका नतासाले पनि अमेरिकी नागरिकता प्राप्त गरिसकेकी छन्। अमेरिकामा विवेक विजिनेस अफिसर रहेका छन् भने नतासा वैज्ञानिक हुन्। नतासा परिवारका साथ बोस्टनमा रहँदै आएकी छिन्।

भुवनका अनुसार बिहे नेपाली तथा हिन्दू परम्परा र विधिअनुसार हुनेछ। परिवारका अनुसार विवेक र नतासाबीच अघिल्लो वर्ष अमेरिकामै इन्गेजमेन्ट भएको थियो। अमेरिका गएकै मौका पारेर भुवनले उनको पछिल्लो फिल्म ‘साथी म तिम्रो’को पनि प्रदर्शन गर्नेछन्। उनी डेढ महिनापछि स्वदेश फर्कनेछन्।

bhuwan-ka-vijaya-kc

File Photo: Bhuwan KC and Bijay KC

SUBSCRIBE 👉