स्टण्ट दिँदा बालबाल बचिन प्रियंका


Priyanka Chopra faces accident in shooting an ad

Priyanka Chopra faces accident in shooting an ad

बलिउड अभिनेत्री प्रियंका चोपडा एक विज्ञापनको सुटिङका क्रममा एक स्टण्ट दिँदा बाल बाल बचेकी छन्। यो घटनामा प्रियंकालाई कुनै चोटपटक नलागेपनि त्यसमा केही लापरवाही भएको भए उनको ज्यानै जान सक्थ्यो।

समाचार अनुसार विज्ञापनका लागि प्रियंकाले एउटा स्टण्ट दिनुपर्ने थियो। यो सुटका लागि प्रियंकाको शरीरमा एक एरियल वायर जोडिएको थियो तर प्राविधिकले उक्त वायरलाई सही तरिकाले जोडेका थिएनन्। सुटिङको समयमा एरियल वायर लुज भएपछि प्रियंका आधा घण्टा हावामै तैरिएकी थिईन्।

केही समयपछि स्टेजमा उत्रिए पनि उनले राम्ररी श्वास फेर्न सकेकी थिईनन्। उनलाई तुरुन्त अस्पताल लाने तयारी भए पनि केही समयको आराम पछि प्रियंका सामान्य अवस्थामा आएकी थिईन्।

सामान्य अवस्थामा आइसकेपछि प्रियंकाले प्राविधिकलाई राम्रोसँग एरियल वायर लगाउन निर्देशन दिएकी थिईन्। यो घटनापछि प्राविधिकले प्रियंकासँग माफी मागेका थिए।

SUBSCRIBE 👉