मनिषा कोइरालाको समर्थनमा उर्लिए नेपाली सेलिब्रेटी


एक ट्वीटका कारण भारतीय सञ्चारमाध्यमको नजरमा अभिनेत्री मनिषा कोइराला परेकी छिन्। अधिकांश भारतीय टेलिभिजन च्यानलले मनिषालाई गाली गर्ने शैलीका समाचारहरु प्रसारण गरेका छन्। परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद। तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं।’

भारतीय सञ्चारमाध्यममा मनिषाको विरुद्धमा समाचार आएपछि नेपाली कला तथा सन्चारकर्मीहरु उनको समर्थनमा सामाजिक सञ्जालमा सक्रिय भएका छन्।

रवि लामिछाने, सञ्चारकर्मी
मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त? And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.

मिलन चाम्स, निर्माता / निर्देशक
इन्डियन च्यानलहरु र लिडरहरुको ड्रामा बाजी हेर्दा लाग्छ हामी नेपालीको सोच तिमी हरु भन्दा धेरै माथि छ।गर्ब गर्छौ हामी नेपाली हुनुमा… इमान्दारी र बहादुरीले संसार हल्लाएको हामी नेपालीमा झन एकता बढेको छ । भूकम्पको बेला नाकाबन्दी त लगायौ तर हामीले त्यसलाई अबसरको रुपमा लियौ त्यो घटनाले हामीलाई आफैमा आत्मनिर्भर हुन सिकायो । अहिलेको घटनालाई पनि हामी ले अबसरको रुपमा लिएका छौ । दिनदिनै हामी नेपालीलाई एक भएर अगाडी बढ्न उर्जा मिली रहेको छ…नायिका मनिशा कोईराला ले आफ्नो देश को बचाउ गरेको होईन खाली इमान्दार भएर सत्य बोलेको मात्र हो किनकि इमान्दार संस्कार भएको देशमा हुर्केको एउटा जनताले जे साचो हो, त्यही बोल्छ….. जय नेपाल🙏🙏🙏

सम्झना उप्रेती रौनियार, निर्देशक / सञ्चारकर्मी
Manisha Dijju : In the amount of time knowing you, you have always fought for the truth. We will always support your stand for what is right and strongly condemn the smear campaign against you.Love you,Stay Safe.Take care,Regards.

प्रमोद खरेल, गायक
‪So many Indians are working in the world. ‬
‪Has an Indian ever stopped to support India?‬
‪NO . ‬
‪Manisha Koirala worked in India doesn’t mean she needs to forget her nationality .‬
‪DNT forget she born into a prominent political family in Nepal, @ABPNews ‬
‪DNT add butter on fire‬

दीपकराज गिरी, अभिनेता
चलचित्र “छिमेकी मिडिया”
दृ्श्य नं १
नेपाली कामदार: (दौडिदै आउछ) मालिक !मालिक!!
मालिक: क्यो क्या हुआ बहादुर?
नेपाली: (आत्तिदै) घर से फोन आया है स्वास्नी ने बच्चा पैदा किया
है, तो छुट्टि चाहिय साहुजी!!!
मालिक: नहि तु झुठ बोल रहा है !
कामदार: नहि मालिक मरि जाऊँ सत्य है
मालिक :नहीं पहेले पता लगाने दे ,कहि इसमे चिनका हात तो नहि
( वाचमैन जिल्ल् वातावरण शान्त )

सञ्जय श्रेष्ठ, गायक
“के.पी.शर्मा ओलि चिन के हाथो बिके हुए है ” ..
.ABP News का यी दुई आतंककारी Anchor हरुले यतिसम्म अमर्यादित शब्द भन्दा पनि किन नेपालका सरकारले यस्ता भारतिय मिडियाको प्रशारणमा रोक लगाउन सक्दैन ?? किन नेपालका केबल टिभी अमि डिस होम जस्त प्रदायक कम्पनीहरुले यस्ता ABP NEWS , ZEE NEWS आदि अरु पमि channel हरु देखाइरहेका छन् ??? के ब्यापार राष्ट्रियता भन्दा ठूलो हो ??? तुरुन्तै अहिल्यै तुरुन्तै सदाको लागि रोक लगाइयोस यी च्यानलहरुलाइ नेपालमा ।।
अर्को आश्चर्य छ कि यी आतंककारी भारतिय च्यानलहरुले यतिसम्म गिरेर बोल्दा पनि हाम्रा कुनैपनी टेलिभिजन च्यानलहरुले केही बोल्या छैन , कुनै नेपाली मै हुँ भन्ने पत्रीका र पत्रकारहरु केही बोल्या छैनन् ..यस्तो लाग्छ कि यिनिहरु सबैको मुख भारतिय राजदुतावासको भोज र पैसाले टन्न भरिएको र थुनिएको छ ।
#backoffindiannewschannels

टीका भण्डारी, संगीतकार
मनिषाले सच्चा नेपाली भएको पुष्टि गरिन्
हिजोसम्म कुनै नेपालीको मन दुखाएकी थिइन् भने पनि त्यो ऋण तिरिन् अब
सत्य बोल्दा भारतमा चौतर्फी बिरोध भएको छ उनको ।
तर आखिर सत्य सत्य नै हो, असत्य र झुटको पर्दाफास केवल सत्यले मात्र गर्दछ
सबैले मन खोलेर भन लिपुलेक लिम्पियाधुरा नेपालकै थियो नेपालकै रहिरहने छ।
सत्यमेव जयते ………धन्यबाद मनिषा

SUBSCRIBE 👉