पिंक लिप्स’को सुटिङमा किन लजाईन सनी ?


sunny-leone-photo-1

ठूलो पर्दामा निकै जमेर अंग प्रदर्शन गर्ने बलिउड हट नायिका सनी लिओन एक फिल्मको सुटिङ गर्दा भने निकै लजाएकी छन्। छोटो पहिरनमा फिल्मको सेटमा पुगेकी नायिकाले त्यहाँ बालबालिकालाई देखेपछि उनले लज्जाबोध गर्दै सुटिङ गर्न इन्कार गरिन्।

फिल्म ‘हेट स्टोरी २ ’मा रहेको आइटम गीत ‘पिंक लिप्स’को मुम्बईस्थित फिल्मिस्तान स्टुडियोमा नृत्य गर्न स्टेजमा चढ्दा बालबालिका देखेपछि उनले नाँच्न अनिच्छा देखाइन्। फिल्म प्रोडक्सन टिमले १० वर्ष उमेरदेखि माथिका बच्चालाई सुटिङ हेर्न अनुमति दिएपछि सनीको हट नृत्य हेर्न बालबालिकाहरु त्यहाँ पुगेका थिए। सनीले नृत्यको स्टेप शुरु गर्ना साथै उनको आँखा ती बालबालिकातिर परेपछि उनले नृत्य गर्न रोकेकी थिईन्।

आफु हट भएको थाहा पाएपछि सनीले लामो ज्याकेट मागेर लगाएकी थिईन्। उनले फिल्म युनिटका प्राविधिकलाई बच्चालाई नहटाउने भए आफुले नृत्य नगर्ने अडान लिएपछि प्राविधिकले बच्चाहरुलाई हटाउन बाध्य भएका थिए।

pink-lips-sunny-leone-hate-story-2-song

SUBSCRIBE 👉