बर्षा राउत : एउटै सहारा तिम्रै मायाको ❤️


डेढ वर्ष अगाडि एकसाथ अगाडि बढ्ने निर्णय गरेको यो जोडी चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्छ। वर्षा र संजोगको प्रेम करिब ७ वर्षदेखि निरन्तर चलेको थियो। केहि समय अघि देशको सिमानाको बिषयमा नायिका वर्षा राउत विवादमा परिन्। वर्षा विवादित बनिरहँदा नायक संजोग कोइरालाले उनलाई सम्हाले। विवादमा परेको केहि दिन पछि उनका श्रीमान संजोग कोइरालाले एउटा भिडियो सार्वजनिक गरे।

आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा संजोगले वर्षाले गलत बोलेको त बताए नै, साथमा वर्षाका लागि तथानाम गालीगलौज गर्नेहरूलाई पनि राम्रैसँग जवाफ दिए। हुनत यो समयमा वर्षालाई साथ दिने र भरोसा दिने उनका आफन्त, साथी र फ्यानहरू पनि थिए। तर संजोगको साथ उनका लागि अझै प्रिय थियो।

घटनालाई बिस्तारै बिर्सिँदै मुस्कुराउन थालेकी वर्षा लेख्छिन् – ‘एउटै सहारा, तिम्रो मायाको।’ संजोगको हात समाउँदै मुस्कुराएकी वर्षाको तस्वीर र उनको भावनाले पनि के बुझिन्छ भने, जतिसुकै कठोर परिस्थितिमा पनि संजोगको साथले उनलाई हिम्मत दिएको छ।

SUBSCRIBE 👉