शिक्षिका बनिन् बलिउडकी हट सनी


sunny-leone

नायिका तथा इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोनलाई अब शिक्षिकाका रुपमा देख्न पाइने भएको छ। तर बलिउडलाई चटक्कै छाडेर सनी पूर्ण रुपमा शिक्षिका बनेकी भने होईनन्। पहिलोपटक तेलेगु फिल्म ‘करेन्ट थेगा’मा अभिनय गरिरहेकी सनी उक्त फिल्ममा शिक्षिकाका रुपमा देखिन लागेकी छन्।

फिल्ममा सानो तर राम्रो भूमिकामा देखिने सनी साडी पहिरिएर विद्यार्थीहरुलाई पढाइरहेको देख्न पाइनेछ। विद्यालयमा पढाईरहेको दृश्य सुटिङ हुँदा नायिकाले आफ्नो मोबाइलमा विद्यार्थीहरुसँग बसेको तस्वीर खिचाइरहेकी थिईन्। फिल्मका निर्देशक नागेश्वरा रेडीले सनी विशेष भूमिकामा फिल्ममा प्रस्तुत हुने बताए।

फिल्ममा सनीको अपोजिटमा मन्छु मनोज छन् । मन्छु विष्णुले निर्माण गरेको फिल्ममा राकुल प्रित सिंह र जगन्नाथ बापु पनि विशेष भूमिकामा छन्।

SUBSCRIBE 👉