दुबईमा अमित र दिप्तिको हजार खुशी

गायिका दिपा लामाको गीत “हजार खुशी”को म्युजिक भिडियो दुबईमा छायांकन गरिएको हो। भिडियो छायाँकन तथा निर्देशन रोहित बिक्रम कार्कीले गरेका हुन्। भिडियोमा मोडल अमित सापकोटा र दिप्ती महतले अभिनय गरेका छन।


Amit Sapkota & Deepti Mahat | Image: Video Screen Shot

गायिका दिपा लामाको गीत “हजार खुशी”को भिडियो हालै रिलिज गरिएको छ। गीतमा नरेश भट्टराईको शब्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ।

म्युजिक भिडियोको छायांकन युएईको दुबईमा गरिएको हो। रोहित बिक्रम कार्कीले निर्देशन तथा छायाँकन गरेको म्युजिक भिडियोमा अमित सापकोटा र दिप्ती महतले अभिनय गरेका छन्। अभिनयमा रुचि राख्ने यी दुवैको यो पहिलो म्युजिक भिडियो हो।

कुशल बुचाले कोरियोग्राफी, मंजु र डायनाले मेकअप गरेको भिडियोको सम्पादन पदम सूबेदीले गरेका हुन्। म्युजिक भिडियो हाइलाइट्स नेपाल यूट्यूब च्यानल बाट रिलिज गरिएको हो।

SUBSCRIBE 👉