आर्यनले सपनासँग कोर्ट म्यारिज गरिसकेको खुलासा


aryan-sigdel-and-sapan-1ग्ल्यामर नेपाल, काठमाडौं। अभिनेता आर्यन सिग्देलको कोर्ट म्यारिज भएको खुलासा भएको छ । मंसिरमै सपनाराज भण्डारीसँग जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारिज गरेको भएपनि उनले गुपचुप नै राखेका थिए । सपना र उनको गएको दशैंमा इन्गेजमेन्ट भएको थियो ।

कोर्ट म्यारिज गरेपछि कानुनीरुपमा श्रीमान् – श्रीमती भएको मानिन्छ । यस हिसाबले आर्यन र सपनासँगै बस्नुपर्ने हो । तर उनीहरु सँगै भने संगै नबसेको बताइन्छ । आउँदो वैशाखमा परम्परागत रुपमा विवाह गरिसकेपछि भने उनीहरुसँगै बस्नेछन् । आर्यनले साथीभाई र परिवारको चित्त बुझाउनको लागि वैशाखमा औपचारिकरुपमा विवाह गर्ने प्रतिक्रिया दिए । कोर्ट म्यारिज गर्दा उनले सपना र आफ्नो परिवारलाई साक्षी राखेका थिए । उनको यो निर्णयले दुवै परिवारमा खुशी छाएको बताइएको छ । वैशाख कति गते विवाह हुने भने तय भइसकेको छैन् । उपयुक्त समयमा विवाहको मिति तय गर्ने आर्यनको योजना छ । सायद ‘नोभेम्बर रेन’को प्रदर्शनपश्चात उनी विवाहको तयारीमा जुट्ने छन् । करिब अढाई वर्षको प्रेम सम्बन्धलाई आर्यन र सपनाले विवाहमा परिणत गर्न लागेका हुन् ।
aryan-sigdel-and-sapan-2

SUBSCRIBE 👉