विवाहको चार वर्षपछि आमा बन्दै सोनम


बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन्। उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको बताएकी हुन्। सोनमको यो निर्णयले बलिउडमा खुशीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं। दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा। हाम्रो परिवार, तिमीलाई प्रेम वर्षाउनेछ र सहयोग गर्नेछ। हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्वीरसहित लेखेकी छन्।

सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन्। उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन्। विवाह पछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लण्डनमा बस्दै आएकी छन्। परिवारका अनुसार आगामी अगष्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ।

SUBSCRIBE 👉