अन्तत: मिथिला र मोतिलालको कानुनी विवाह


३२ भदौ ०२४ मा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक वर्षपछि प्रहरी निरीक्षक भएयता मोतिलाललाई मिथिलाले नजिकबाट चिन्दै आएकी थिइन् । युवावस्था नटेक्दैदेखि उनी मोतिलालको व्यक्तित्वसँग आकर्षित भएकी थिइन् तर त्यसलाई विवाहमा परिणत गर्न लामो समय कुर्नु पर्‍यो।

ग्ल्यामर नेपाल, काठमाडौं । लोकप्रिय अभिनेत्री मिथिला शर्माले लामो समयको प्रेमसम्बन्धलाई औपचारिक विवाहमा परिणत गरेकी छिन्। उनले शनिबार पूर्वआइजिपी मोतिलाल बोहरासँग कानुनी विवाह गरेकी हुन्। उनीहरुबीच २५ वर्षको फरक छ। मिथिला ५० वर्ष टेक्दैछिन् भने मोतिलाल ७५ वर्ष।

कुशल नृत्यांगनासमेत रहेकी मिथिलाले पारिवारिक सदस्यहरुको उपस्थितीमा कोर्ट म्यारिज गरेकी हुन्। शनिबार भएकाले उनले हिजै अदालत पुगेर विवाहको प्रमाणपत्र लिएको लिएको बताइन्छ। टिकाटालोचाहीं आज भएको हो।

मिथिला र मोतिलाल विवाहको खबर केही समय अगाडि मिडियामा सार्वजनिक भएको थियो। त्यतिबेलादेखि नै यो खबरले निकै चर्चा पाइरहेको छ। मोतिलाल र मिथिलाको चिनजान निकै पुरानो हो। ३२ भदौ ०२४ मा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक वर्षपछि नै प्रहरी निरीक्षक भएयता मोतिलाललाई मिथिलाले नजिकबाट चिन्दै आएकी थिइन्। त्यसताका उनी महेन्द्र प्रहरी क्लबमा हुने सांस्कृतिक कार्यक्रममा नृत्यांगनाको भूमिकामा देखिन्थिन्।

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

युवावस्था नटेक्दैदेखि उनी मोतिलालको व्यक्तित्वसँग आकर्षित भएकी थिइन् तर त्यसलाई विवाहमा परिणत गर्न भने उनले लामो समय कुर्नु पर्‍यो। वर्ष दिन अगाडि श्रीमती गुमाएका मोतिलालका दुई छोरा र तीन छोरी छिन्। मिथिला भने हालसम्म अविवाहित थिइन्।

SUBSCRIBE 👉