एक्सन फिल्ममा कमेडी च्याम्पियन हीमेशको ईण्ट्रि


अभिनेता मनीष राउत र गौरव पहारीको मुख्य भुमिका रहने फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हीमेश पन्त अनुबन्धित भएका छन्। चलचित्रमा अभिनय गर्न लागेका हिमेशको भुमिका कस्तो रहनेछ भन्ने खुलाइएको छैन। एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानीमा निर्माण हुन लागेको यो फिल्म एक्सन जनरामा हुनेछ।

चलचित्रको छायाँकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिने बताईएकोछ। सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय हुनेछ। फिल्ममा मुख्य अभिनेत्रीको भूमिका को देखिने हुन् अझै खुलाईएको छैन।

यसअघि, निर्देशक मिलन चाम्सको फिल्म ‘वरवधु’ को लागि पनि उनले सम्झौता गरिसकेका छन्। हिमेशसँग फिल्म अभिनयको बिषयमा निर्देशक चाम्सले हालै सम्झौता भएको सामाजिक संजाल मार्फत जानकारी दिएका थिए। ‘वरवधु’ फिल्म मार्फत हिमेशले फिल्मी अभिनयमा डेब्यु गर्नेछन्।

SUBSCRIBE 👉