अभिनेत्री ऋचा शर्मा बनिन् ‘मिसेस् नेपाल पिस’ ब्रान्ड एम्बेसेडर


‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन। त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ। प्रतियोगिताको ब्यावस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला जानकारी दिएको छ।

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागीता जनाउन सक्नेछन्। कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ।

विवाहित नारीहरुको माध्यमबाट महिला विरुद्ध हुने हरेक खालको हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यस विरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण प्रतियोगीताले गर्ने आयोजको बिश्वास रहेको छ।

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आवद्धतता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन्।

विवाहित महिलाहरुमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ।

SUBSCRIBE 👉