लण्डन टू पेरिस – निश्चल सँग सम्राज्ञीको यात्रा


ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको चलचित्र ‘लण्डन टू पेरिस’ फागुन ५ बाट प्रदर्शनमा आउने भएको छ। घनश्याम लामिछानेको निर्देशनमा निमार्ण भएको यो चलचित्रमा साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको छ। गत महिना लण्डन र पेरिसमा छायांकन भएको चलचित्र फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो।

यो चलचित्रमा साम्राज्ञीको जोडी निश्चल खड्का सँग बाँधिएको छ। यो चलचित्रमा साम्राज्ञी र निश्चल संगै गरिमा शर्मा, कबीर खड्का र मनिष श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ।

लण्डनको कम्पनी एबी इन्टरनेशनलको ब्यानरमा निर्मित ‘लण्डन टू पेरिस’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरे निर्माता रहेको चलचित्रको सह निर्मातामा अजित सिंह हुन्।

SUBSCRIBE 👉