प्रेमीसँग फिल्म नखेल्ने फ्रिडाको घोषणा


freida-pinto

फिल्म ‘स्लमडग मिलेनियर’बाट चर्चित भएकी नायिका फ्रीडा पिन्टोले भविष्यमा प्रेमी देव पेटलसँग कुनै पनि फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी छन्। उनले आफ्नो निजी जिन्दगीलाई गोप्य नै राख्ने भन्दै पटेलसँग अभिनय नगर्ने जनाएकी हुन्।

एक पत्रिकाका अनुसार २९ वर्षीया फ्रिडा र २४ वर्षका देव सँगै पर्दामा आउन इच्छुक छैनन। किनकी सँगै पर्दामा देखिँदा उनीहरुको सम्बन्धमा केही असर पर्ने हो कि भन्ने उनीहरुमा डर रहेको छ। ‘हामी आफ्नो निजी जीवनलाई गोप्य रुपमै राख्न चाहन्छौं, फिल्ममा अभिनय गर्दा केही कुरा सार्वजनिक पनि हुन सक्छन्, त्यसकारण पनि अब सँगै फिल्ममा हामी देखिन्नौं।’ फ्रिडाले भनेकी छन्।

SUBSCRIBE 👉