सलमानको ‘बिइङ ह्युमन’ अब नेपालमा पनि


salman-khan-being-human-in-nepal ग्ल्यामर नेपाल, काठमाडौं, बलिउड अभिनेता सलमान खानको फेसन ब्राण्ड ‘बिइङ ह्युमन’को शाखा नेपालमा पनि खोलिने भएको छ । ‘बिइङ ह्युमन’ नेपालमा सञ्चालन हुने चर्चा चलेको लामो समय भइसकेको छ तर यो चर्चाले बल्ल मुर्तरुपमा पाउन भएको हो ।

काठमाडौंसहित देशका अन्य ८ सहरमा ‘बिइङ ह्युमन’को फेसन प्रोडक्ट र वार्डरोवको आउटलेट खोलिन लागिएको हो । नेपालमा सुरु गर्न लागिएको शाखा उद्घाटनको लागि सलमान नेपाल आउने चर्चा पनि चल्न थालेको छ । विश्वका अन्य देशमा गरिएका शाखा उद्घाटनमा सलमान आफैं उपस्थित हुने भएकोले उनी नेपालमा पनि आउने सम्भावना रहेको बताइन्छ । तर सलमानको आगमनबारे औपचारिक जानकारी गराइएको छैन् ।

सलमानले सामाजिक सेवा गर्ने उद्येश्यले ‘बिइङ ह्युमन’को स्थापना गरेका थिए । यो सामाजिक संस्थाले विभिन्न प्रकारका तयारी पोशाक बिक्री गर्दै आएको छ । जसमा ‘बिइङ ह्यूमन’ लेखिएको हुन्छ । ‘बीइङ ह्यूमन’ को टिसर्ट संसारभर चर्चित छ । विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि यसका धेरै प्रयोगकर्ता तथा फ्यानहरु छन् ।

‘बिइङ ह्यूमन’का कन्ट्री म्यानेजर एन्थोनी जोसेफले पोशाक बिक्री गरेर प्राप्त रकमले नेपालकै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गरिने जानकारी दिएका छन् । नेपाल शाखाको स्थापना फाउन्डेशनका अध्यक्ष सलमान खान, मन्धना इन्डट्री अफ इन्डियाका मनिष मन्धना र एवीसीडीई इन्काका अध्यक्ष दीपेन्द्र गुरुङ मिलेर गर्न लागेको बताइएको छ ।

SUBSCRIBE 👉