Mohenjo-Daroमा ऋतिकको पारिश्रमिक ५० करोड


rhitik-roshan

बलिउड नायक ऋतिक रोशन अभिनित फिल्म ‘कृष’को तीनवटै सिक्वेल हिट भएपछि यी नायकले अहिले आफ्नो पारिश्रमिक पनि बढाउँदै लगेका छन्। निर्देशक आशुतोष गोवारीकरको आउन लागेको फिल्म ‘मोहनजो दरो’ (Mohenjo-Daro)का लागि उनले ५० करोड रुपैंयाँ लिएको समाचार सार्वजनिक भएको छ।

समाचार अनुसार उनले फिल्मको मुनाफाको हिस्सा लिनेछैनन्, त्यसैकारण पनि उनले पारिश्रमिक पुरै ५० करोड लिएका छन्। बलिउडमा यती धेरै पारिश्रमिक लिने सम्भबत ऋतिक पहिलो कलाकार हुन्। ऋतिकलाई ५० करोड रुपैंयाँ दिइएपछि यो फिल्मको बजेट पनि सर्वाधिक महंगो हुने अनुमान बलिउडमा गरिएको छ। फिल्मको राइट्सको लागि आशुतोषले युटीवीसँग पहिले नै एक सय २५ करोड रुपैंयाँको डिल गरिसकेका छन्।

आशुतोष र ऋतिकले यसअघि फिल्म ‘जोधा अकबर’मा सँगै काम गरिसकेका छन्। ‘मोहनजो दरो’ (Mohenjo-Daro) पनि जोधा अकबरजस्तै ऐतिहासिक पृष्ठभूमिमा बन्न लागेको फिल्म हो ।

SUBSCRIBE 👉