हर्षिका र विक्कीको अन स्क्रिन रोमान्स सबैले हेर्न पाउने


Harshika-Shrestha-Vikky-Mall (4)
ग्ल्यामर नेपाल, काठमाडौं । इच्छा र गन्तव्यको कथा बोल्ने फिल्म ‘साइकल’ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। संगीतकार राजेन्द्र श्रेष्ठद्वारा निर्मित फिल्ममा शिव घिमिरेको लेखन र निर्देशन रहेको छ।

आगामी दशैंपछि रिलिजमा ल्याइने फिल्ममा विक्की मल्ल, हर्षिका श्रेष्ठ, रामचन्द्र अधिकारी, दिनेश डिसी, विजय देउजा, रोशनी भट्ट, आनन्द पुन र गोविन्द केसीलगायतले अभिनय गरेका छन्। यसबाहेक विश्व साइकल यात्री पुष्कर शाह र भर्सटायल गायक राजेशपायल राईलाई पनि विशेष भूमिकामा फिल्ममा देख्न पाइनेछ।

फिल्ममा कविराज गहतराजको नृत्य, प्रदिप खड्काको द्वन्द्व, नविन निरौलाको सम्पादन र निरज कँडेलको छायांकन रहेको छ।

Harshika Shrestha and Vikky Malla On Screen Romance Photo Gallery – Click Here

SUBSCRIBE 👉