निर्देशक समाजले प्रत्येक शुक्रबार चलचित्र देखाउने


cinema-club-in-nepal-1 ग्ल्यामर नेपाल, काठमाडौ, नेपाल चलचित्र निर्देशक समाजले ‘सिनेमाक्लब’ सञ्चालनमाल्याएको छ। निर्देशकले चलचित्र सम्बन्धी बिभीन्न लाभ उठाउन सकुन् भन्ने उदेश्यले क्लब संचालनमा ल्याएको हो। ‘सिनेमाक्लब’ अन्तर्गत हरेक साताको शुक्रबार कमलपोखरी स्थित निर्देशक समाजको कार्यालयमा प्रत्येक शुक्ररबार ३ बजे देखि फिल्म देखाइने भएको छ।cinema-club-in-nepal-3

सुचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले क्लबको उद्घाटन गर्दै भने ‘यस क्लबले चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउनेछ भन्ने विश्वास मैले लिएको छु। आफ्नो लागि फिल्म नौलो विषय हो।’ सरकारले फिल्मनीतिको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेको मन्त्री पौडेलले कार्यक्रममा जानकारी गराए।

‘सिनेमाक्लबमा नेपाली लगायत बिभीन्न भाषका उत्कृष्ट चलचित्र देखाइने निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले बताए भने निर्देशकको वौद्धिक क्षमतालाई वृद्धि गर्ने उदेश्यले यो क्लब संचालनमा ल्याइएको हो।’cinema-club-in-nepal-2

SUBSCRIBE 👉