हनिमुन मनाउन सिम्ला पुगे श्रीकृष्णको जोडी


shree-krishna-shweta-khadka-honey-moon-in-simla

ग्ल्यामर नेपाल, काठमाडौं । गत साता विवाह बन्धनमा बाँधिएको श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको जोडी हनिमुन मनाउन भारतको हिमाञ्चल प्रदेशस्थित मनोरम ठाउँ सिम्ला पुगेका छन् । उनीहरुको हनिमुन पिरीयड भने निकै छोटो रहेको छ। तीन दिन लगत्तै उनीहरु काठमाडौं फर्कने छन्। श्रावण २३ गते यो जोडीको लगानी तथा अभिनय रहेको फिल्म ‘कोहिनुर’ रिलिज हुँदैछ। त्यसकै प्रमोशनका लागि छिट्टै फर्कनु परेको सिम्ला उड्नु अघि श्रीकृष्णले सञ्चारकर्मीसँग बताएका छन्।

हनिमुन छोटो हुनुको अर्को कारण श्रीकृष्णको अस्वस्थता रहेको बताइएको छ। ५० टेक्नै लागेको श्रीकृष्णलाई एक महिनादेखि सुख्खा खोकीले सताइरहेको छ। तैपनी उनले साथीहरुको सल्लाहमा हनिमुनका लागि सिम्लाको बाटो तताएका हुन्। श्रीकृष्णले दुई वर्षसम्म बच्चा जन्माउने योजना रहेको बताएका छन्। ‘कोहीनुर’ रिलिज सकिए लगत्तै वल्र्ड टुरमा निक्लने भएकाले पनि बच्चा जन्माउन असमर्थ हुने उनको भनाई छ। ‘वल्र्ड टुरसँगै केही व्यावसायिक काम पनि छन्। त्यसैले तत्काल बच्चा जन्माउने योजना छैन,’ उनले भनेका छन्।

श्री कृष्ण श्रेष्ठ र श्वेता खड्का विबाहको ग्यालरी हेर्नुहोस् – Click Here

चलचित्र कोहिनुर को भिडियो गीतहरु हेर्नुहोस् – Click Here

SUBSCRIBE 👉