अभिनेता मल्लको नौलो लुक्स


saugat-malla ग्ल्यामर नेपाल, काठमाडौ, रंगमञ्चीय कलाकार सौगात मल्लको चलचित्र लुटबाट एका एक चर्चामा आए। लुटको सफलतासंगै ठुलो पर्दाका पनि रातारात स्टार बनेका सौगातका लुट पछि थुप्रै चलचित्र पनि आए। तर तिचलचित्रहरुले लुटबाट बनेको सौगातको छाप मेट्न सकेन। सायद यसैले होला सौगात लुटको जस्तो छाप छोड्न पछिल्लो चलचित्र “मुखौटा” मा आफ्नो लुकनै फरक देखाउने तरखरमा छन्। चलचित्रमा उनले बिचित्रको केस मुन्डन गराएर नयाँ डिजाइन दिएका छन्।

डनहरुको प्रभुत्व रहेको काठमाडौ शहरको बिषय बस्तुमा निर्मीत यस चलचित्र रीफ इन्टरटेन्मेन्टको व्यानरमा रबिन श्रेष्ठले निर्माण गरेका हुन्। चलचित्रमा सौगातको डन को भुमिका देखिने बुझीन आएको छ। राजेश हमाल, सौगातमल्ल, दयाहाङ राई, सुनिलथापा, रबिन तामाङ, निशाअधिकारी, हर्शिका श्रेष्ठ, प्रशान्त ताम्राकारका साथमा निर्देशक अर्पण थापाको पनि अभिनय छ। चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् भने ज्यासन कुवँरको संगीत, रेनशा बान्तवा राईको करियोग्राफी र चन्द्र पन्तको द्वन्द्व समेटीएको छ।

SUBSCRIBE 👉